कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

श्रम मन्त्रालयद्वारा रुसी सेनामा नेपाली संलग्नतासम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुसी सेनामा नेपाली नागरिकको संलग्नतासम्बन्धी अध्ययन गर्न मन्त्रालयका उपसचिव दीपक ढकालको अध्यक्षतामा तीन सदस्यीय समिति बनाएको छ । समितिलाई प्रतिवेदन पेस गर्न १५ दिनको समय दिइएको छ ।

श्रम मन्त्रालयद्वारा रुसी सेनामा नेपाली संलग्नतासम्बन्धी अध्ययन गर्न समिति गठन

रुसी सेनामा संलग्न भएका चार नेपाली मारिएको घटना सार्वजनिक भएपछि श्रममन्त्री शरदसिंह भण्डारीले ढकालको अध्यक्षतामा अध्ययन गर्न समिति बनाएको हो । जसमा वैदेशिक रोजगार शाखाका अधिकृत धनन्जय यादव र कानुन अधिकृत उषा गौतम रहेका छन् ।

युक्रेन–रुस युद्धमा परी स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का, इलामका गंगाराज मोक्तान र गोरखाका सन्दीप थपलियाको मृत्यु भएको हो । गत कात्तिक २९ मा रोक्का, मोक्तान र कार्कीको तालिमको क्रममा मृत्यु भएको बताइएको छ भने थपलिया असार २९ मा नै युक्रेनको बाखमुतमा मारिएका थिए । यसबाहेक पनि थप नेपाली युद्धमा परेको हुन सक्ने आशंका गरिएको छ ।

सरकारले रुसी सेनामा नेपालीको संलग्नता सम्बन्धी आधिकारिक रुपमा बोलेको छैन । श्रम मन्त्रालयले समितिलाई रुसी सेनामा नेपाली पठाउने भूमिका निर्वाह गर्ने शैक्षिक परामर्शदाता र ट्राभल एजेन्सीको पहिचान गर्न समेत जिम्मेवारी दिइएको छ ।

त्यस्तै ढकालको समितिलाई अवैध रुपमा घरेलु कामदारको लैजाने गिरोहको अध्ययन गर्न समेत दिइएको छ ।

प्रकाशित : मंसिर १४, २०८० १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×