कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

यूएनएचसीआरले मनायो लैंगिक हिंसाविरुद्धको अभियान

काठमाडौँ — संयुक्त राष्ट्र संघको लागि शरणार्थी सम्बन्धी उच्च आयोग (यूएनएचसीआर) ले मंगलबार लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत एक कार्यक्रम गरेको छ ।

यूएनएचसीआरले मनायो लैंगिक हिंसाविरुद्धको अभियान

यूएनएचसीआर–नेपालकी आवासीय प्रतिनिधि क्यारेलिन स्पन्नुथ वर्मा महिला हिंसाविरुद्धको १६ दिने अवधिमा यूएनएचसीआरले चेतना अभिवृद्धिमा केन्द्रित गर्ने र लैगिंक हिंसालाई रोक्नको लागि कार्य गर्न आह्वान गर्ने बताइन् ।

उनले लैगिंताको आधारमा हिंसाविरुद्ध लड्नको लागि महत्त्वपूर्ण चार प्रमुख क्षेत्रहरूमा लगानी गर्नु पर्ने बताइन् । ‵पहिलो, बलियो कानून, नीतिहरूमा लगानी ताकि हिंसा अस्वीकार्य छ भन्ने सन्देश ठूलो र स्पष्ट हुन्छ । दोस्रो, हिंसाका मूल कारणहरूलाई लक्षित गर्न प्रमाणमा आधारित रोकथाम कार्यक्रमहरूमा लगानी गर्नु पर्छ,' उनले भनिन्, ‘तेस्रो, बाँचेकाहरूलाई उनीहरूलाई निको पार्न र पुनः निर्माण गर्न तथा उनीहरुको जीवनमा पुनः नियन्त्रण गर्न मद्दत गर्न सबै ठाउँमा सशक्तिकरणमा लगानी गर्दै लानु पर्छ । र, अन्तिम तथा चौथो, महिलामा लगानीले तल्लो तहबाट परिवर्तनलाई अघि बढाउन महिला अधिकार संगठनहरू मार्फत परिवर्तन ल्याउनु पर्छ । ‵

महिला अधिकारवादी नेतृ मोहना अन्सारीले समाजका सबैको संलग्नताबाट महिला हिंसालाई जरोबाट उखेल्न सक्ने बताइन् । ‵महिला हिंसाविरुद्धको १६ दिने अभियान चलाइरहँदा केहि विषयहरुलाई हामी प्रतिबद्धताको रुपमा लिन्छौं । तर धेरै जनाले यसलाई नराकात्मक टिप्पणीको रुपमा पनि गर्नु हुन्छ । १६ दिनमा के कुरा गरेर देखाउन सक्नु हुन्छ,‵ उनले भनिन्, ‵जबसम्म हामीले यसलाई वास्तविक रुपमा अनुशरण गर्न सक्दैनौं । यसलाई रोक्न सक्दैनौं । महिला हिंसालाई रोक्न पहलहरु गर्न जरुरी हुन्छ । ‵


प्रकाशित : मंसिर १३, २०८० १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×