कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५

कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल यूएई प्रस्थान

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालबाट कोप–२८ मा सहभागिता जनाउन बुधबार राति यूएईको दुबई प्रस्थान गरेका छन् । उनी साढे ९ बजेपछि नेपाल एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।

कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल यूएई प्रस्थान

प्रधानमन्त्रीको बिदाइका निम्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रिपरिषद्का सदस्य, सांसद, निजामती तथा जंगी सेवाका वरिष्ठ अधिकारी, यहाँस्थित यूएईको राजदूतावासका उच्च अधिकारी उपस्थित थिए ।

दुबई सहरमा बिहीबारबाट सुरु हुन लागेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सनका पक्षराष्ट्रहरूको सम्मेलनको २८ औं संस्करण (कोप–२८) मा प्रधानमन्त्री दाहालले नेपालको तर्फबाट सम्बोधन गर्ने छन् । उनले कोपको एजेन्डामा जलवायु परिवर्तन तथा हिमालयको वार्ता प्रक्रियामाथि नेपालको आवाज प्रस्तुत गर्ने उल्लेख छ । कोप–२८ मंसिर १४ देखि २६ सम्म चल्ने छ ।

प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा छोरी गंगा दाहाल, वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतो र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी छन् ।

प्रधानमन्त्री दाहालले कोप–२८ म उच्चस्तरीय सत्रको अवसरमा सम्मेलनमा सहभागी विभिन्न मुलुकका राष्ट्रप्रमुख/सरकार प्रमुखहरुसग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

दाहालले अबुधाबीस्थित नेपाली दूतावासको भ्रमणका साथै नेपाली समुदायसँग अन्तरक्रिया र नेपाल-यूएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित : मंसिर १३, २०८० २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×