कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

परराष्ट्रमन्त्री साउद २१ औं दोहा फोरममा सहभागी हुने

कतारमा रहँदा मन्त्री साउदले लडाकु समूह हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशीको रिहाईको पहल पनि गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काठमाडौँ — परराष्ट्रमन्त्री एनपी साउद २१ औं दोहा फोरममा सहभागी हुन कतार जाने भएका छन् । कतारको राजधानी हुन लागेको उक्त फोरम यहि मंसिर २४ र २५ मा हुँदैछ ।

परराष्ट्रमन्त्री साउद २१ औं दोहा फोरममा सहभागी हुने

त्यस क्रममा मन्त्री साउदले कतारलाई प्यालेष्टिनी लडाकु समूह हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशीको रिहाईको पहल पनि गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि मंसिर ८ परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाईका लागि पहल गरिदिन आग्रह गरेका थिए । जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाईका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन पनि दिएको थियो ।

त्यसअघि मंसिर ७ मा मन्त्री साउदले जोशीको रिहाईका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए । परराष्ट्रमन्त्री साउदले बुधबार गृहजिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा जोशीका बुवा आमासँग पनि भेट गरेका छन् ।

प्रकाशित : मंसिर १३, २०८० १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×