कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

रास्वपाका १४ सांसद केन्द्रीय सदस्यमा मनोनित

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले १४ सांसदहरूलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले बुधबार केन्द्रीय सदस्यको जिम्मेवारी नपाएका सांसदहरूलाई मनोनयन गरेको हो ।

रास्वपाका १४ सांसद केन्द्रीय सदस्यमा मनोनित

महोत्तरीको जलेश्वरमा मंसिर ११ देखि जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा केन्द्रीय समितिमा नरहेका सांसदहरूलाई जिम्मेवारी दिने निर्णय भएको केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिइन् । उनका अनुसार संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगीलाई केन्द्रीय समिति सदस्य मनोनयन गरिएको हो ।

त्यस्तै, सांसदहरू स्वर्णिम वाग्ले, मनिष झा, शिशिर खनाल, लक्ष्मी तिवारी, चन्दा कार्की, असीम शाह, अशोककुमार चौधरी, विनिता कठायत, शिव नेपाली, शिशिर खनाल, हरि ढकाल, डा. तोशिमा कार्कीलाई केन्द्रीय समिति सदस्यमा चयन गरिएको हो । रास्वपाका २१ संघीय सांसद छन् ।

यसअघि रास्वपामा ३९ जना केन्द्रीय सदस्य थिए । मोहनबहादुर थापाले दिएको राजीनामा स्वीकृत भएसँगै यो संख्या ३८ मा झरेको थियो । अब रास्वपाको केन्द्रीय समिति ५१ सदस्यीय भएको छ ।

प्रकाशित : मंसिर १३, २०८० १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×