कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

बालिका हत्या आरोपी पुर्पक्षका लागि कारागार चलान

रुपा गहतराज

नेपालगन्ज — बाँकेमा बालिकाको हत्या गर्ने एकलाई अदालतले कारागार चलान गर्न आदेश दिएको छ  । डुडुवा गाउँपालिका १ टेपरीस्थित रामकुमार बाहुनको खेतमा कार्तिक १४ गते १४ वर्षीया रिता हरिजन भन्ने शिलावती चमारलाई मुख थुनेर हत्या गरेको आरोप लागेका ३० वर्षीय भारतीय नागरिक महेश चौहानलाई अदालतले पुर्पक्षका लागि कारागर चलान गरेको हो ।

बाँके प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नारायण डाँगीका अनुसार चौहानले प्रहरी समक्ष आफूले शिलावती चमारलाई खेतमा साग टिपिरहेको अवस्थामा मुख थुनेर हत्या गरेको स्वीकार गरेका छन् । पोस्टमार्टम रिपोर्टमा पनि उक्त कुरा खुल्न आएको प्रहरीले जनाएको छ ।

भारतको बहराईच थाना रुपैडिया तहशिल नानपारा ग्राम बाबागन्ज घर भएका महेश चौहानलाई बाँके जिल्ला अदालतको आदेश अनुसार सोमबार पुर्पक्षमा कारागार चलान गरिएको हो । बाँके प्रहरी प्रवक्ता डाँगीका अनुसार चौहान बाँकेमा रहेको ससुरालीमा बस्दै आएका थिए ।

चौहानले शिलावती चमारको हत्या पश्चात करिब ४ मिटरको दुरीमा ट्याक्टरले खेत जोतिरहेको ठाउँमा लगी सोही ट्याक्टरको फालिले हिर्काइ त्यहीँ पुर्ने प्रयास गरेका थिए । प्रहरीका अनुसार अभियुक्त चौहानले घटनालाई तोडमोड गर्नका लागी जमिनमा पुर्न खोजेर खेत जोत्दा लाश फेला परेको भन्ने भ्रम फैलाएका थिए ।

कार्तिक १६ गते पीडकविरुद्ध म्याद थप गरेर अनुसन्धान जारी राखेको प्रहरीले नाबालिकाको मृत्यु शंकास्पद देखिएकोले अनुसन्धान गर्न बाँके प्रहरी प्रमुख एवं प्रहरी उपरिक्षक सुवास बोहराले एसओसीओ अफिसर र तालिम प्राप्त कुकुर सहितको टोली लिएर घटनास्थलमा पुगेका थिए ।

अभियुक्तविरुद्ध पीडित परिवारले जाहेरी नदिएकै कारण प्रहरी आफैंले घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी प्रमुख बोहोराले बताए ।

प्रकाशित : मंसिर १२, २०८० १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×