कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनका लागि पहल गर्छु : देउवा

सन्जु पौडेल

तिलोत्तमा — सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवाले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालनका लागि पहल गर्ने बताएका छन् ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनका लागि पहल गर्छु : देउवा

भैरहवामा सम्पन्न कांग्रेस रुपन्देहीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै मंगलबार देउवाले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानहरू गर्ने व्यवस्थाका लागि सरकार र सरोकारवाला पक्षसँग परामर्श गर्ने जनाए ।

'भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नियमित गरी विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन पहल गर्नेछु,' उनले भने, 'त्यसका लागि सरकारका सम्बन्धित निकायलाई आवश्यक पूर्वाधार निर्माणका लागि समेत जानकारी गराउनेछु ।'

उनले कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले न्याय पाउने पनि बताए । सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा धेरै बोल्न उचित नहुने उल्लेख गर्दै उनले नेता खाणले न्याय पाउनेमा आफू विश्वस्त रहेको बताएका हुन् ।

खाण नक्कली भुटानी शरणार्थी मुद्दा मुछिएपछि पुर्पक्षका लागि थुनामा छन् ।

प्रकाशित : मंसिर १२, २०८० २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×