गणतन्त्रविरोधी गतिविधिबाट हामी अत्तालिएका छैनौँ : सभापति देउवा
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
चितवन — कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन् । सोमबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले गणतान्त्रिक व्यवस्था नबदिले बताएका हुन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![गणतन्त्रविरोधी गतिविधिबाट हामी अत्तालिएका छैनौँ : सभापति देउवा](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2023/third-party/deuba-chitawan-27112023084557-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
देउवाले गणतन्त्रको विरोध गर्नेहरूको अर्थ नरहेको बताए । 'गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन,' उनले भने । गणतन्त्रविरोधी गतिविधिबाट राजनीतिक दलहरू अत्तालिएका हुन् ? भन्ने पत्रकारको प्रश्नमा सभापति देउवाले भने, 'को अत्तालियो ? हामी अत्तालिएका छैनौँ ।'
वर्तमान सत्तारुढ गठबन्धन दलको सत्तासाझेदारीका विषयमा पनि सभापति देउवालाई पत्रकारहरूले प्रश्न गरेका थिए । सरकारका नेतृत्वका विषयमा भएको आलोपालोको सहमतिबारे उनले स्पष्ट जवाफ दिनुभएन । गठबन्धन दलको सत्ता साझेदारी कसरी हुन्छ ? यस प्रश्नमा उनको जवाफ थियो, 'थाहा पाइहाल्नु हुन्छ नि ।'
त्यस्तै कांग्रेस नेता डा. शशांक कोइरालाले राजतन्त्र फर्कने विषयमा आफूलाई विश्वास नलागेको प्रतिक्रिया दिए । 'राजतन्त्र फर्कनेमा मलाई कमै विश्वास छ । यहाँ हरेक कुराको सम्भावना छ । संसद्ले चाह्यो भने जे पनि हुनसक्छ,' उनले भने । सरकारका कामप्रति नागरिक पूर्णरुपमा सन्तुष्ट हुन नसक्दा व्यवस्थामाथि नै प्रश्न उठेको उनको भनाइ थियो ।
गणतन्त्र बचाउन सबै दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिँदै कोइरालाले भने, 'जनताका मनमा आएका व्यवस्था परिवर्तनसम्बन्धी आशङ्का हटाउन सबै दल एक ठाउँमा आउनुपर्छ ।'
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)