कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

रामग्राम स्तुपमा बौद्धकालीन पोखरीको भग्नावशेष र विहारको संरचना फेला

नवीन पौडेल

नवलपरासी पश्चिम — पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ स्थित रामग्राम स्तुपमा बौद्धकालीन पोखरीको भग्नावशेष र विहारको संरचना फेला परेको छ ।

रामग्राम स्तुपमा बौद्धकालीन पोखरीको भग्नावशेष र विहारको संरचना फेला

पुरातत्व विभाग र बेलायतको दुर्हाम विश्वविद्यालयको विज्ञ टोलीले स्तुपको उत्तरपश्चिम क्षेत्रमा १ महिनासम्म गरेको उत्खनन्मा महत्त्वपूर्ण वस्तु फेला पारेको हो ।

पुरातत्व विभागले उत्खनन्मा भेटएिको तथ्यका बारेमा जानकारी दिन आयोजित सरोकारवाला र सञ्चारकर्मीसँगको छलफलमा यस्तो जानकारी दिइएको हो । बौद्धकालीन समययको पोखरी र विहार भेटिएको र त्यसमा प्रयोग भएका सामान उत्खनन्मा भेटिएकाले रामग्रामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न वैज्ञानिक आधार भेटिने पुरातत्व विभागका प्रवक्ता वरिष्ठ पुरातत्वविद् रामबहादुर कुँवरले बताए ।

सन् २०१८ मा गरिएको जियोफिजिक्स सर्भेमा ठूलो विहार, पोखरीलगायतका बुद्धकालीन सामग्रीहरू फेला परेपछि त्यसको वास्तविक अवस्था पत्ता लगाउन अहिले उत्खनन् गरिएको हो ।

रामग्राम स्तुपको विकास, खोज र अन्वेषणमा पर्याप्त चासो नदिएको भन्दै रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले लुम्बिनी विकास कोषलाई यसतर्फ ध्यान दिन आग्रह गरे । आफ्नो स्थानीय तहभित्र पर्ने स्तुपमा आफै)ले विनियोजन गरेको बजेट खर्च गर्न पनि कोषको अनुमति लिनुपर्ने बाध्यता रहेको भन्दै पुरातत्व विभागले स्तुप क्षेत्रको उत्खनन्लाई निरन्तरता दिनुपर्ने बताए ।

प्रकाशित : मंसिर ११, २०८० ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×