धर्मनिरपेक्ष बारेमा छलफल गर्न सकिन्छ, गणतन्त्र निर्विकल्प हो : देउवा
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
(नवलपुर) — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र कुनैपनि हालतमा नफर्किने बताएका छन् । उनले धर्मनिरपेक्षका बारेमा पार्टीमा छलफल गर्न सकिए पनि गणतन्त्र भने निर्विकल्प भएको बताए । नेपाली कांग्रेस नवलपुरको पहिलो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले सो कुरा बताएका हुन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![धर्मनिरपेक्ष बारेमा छलफल गर्न सकिन्छ, गणतन्त्र निर्विकल्प हो : देउवा](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2023/miscellaneous/20231127122921-27112023110710-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
‘जनताले संविधानमार्फत फालिसकेको राजतन्त्र फर्कने कुनै सम्भावना छैन,’ उनले भने, ‘केही दिनदेखि देखिएको गतिविधीबारे देउवाले केही बोलेनन् भन्ने सुनेको छु । हाम्रो पार्टीको स्पष्ट धारणा छ संघीयता र गणतन्त्रकोविरुद्ध हुने कुनैपनि गतिविधी हामिलाई मान्य छैन ।’
सम्मेलनमा बोल्दै देउवाले धर्मनिरपेक्षका विषयमा पार्टीमा छलफल गर्न सकिए पनि गणतन्त्रको विकल्प नभएको बताए । पार्टीका सबै मतभेद हटाएर संगठन बिस्तारमा लाग्न देउवाले कांग्रेस नेता कार्यकर्तालाई निर्देशन दिए ।
सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनता र पार्टी कार्यकर्तामा रहेको अन्यौल हटाउन काग्रेसको नेतृत्व लागि परेको बताए । नेता र कार्यशैली प्रति असन्तुष्टि जनाउनु फरक कुरा भएको भन्दै निरंकुश राजतन्त्रको बारेमा वकालत गर्नु भविष्यका लागि घातक हुने बताए । पार्टी जिल्ला सभापति तथा प्रदेशमन्त्री महेन्द्रध्वज जिसीको अध्यक्षतामा सुरु भएको प्रथम सम्मेलनले जिल्ला भित्र रहेका आर्थिक , सामाजिक र राजनितिक विषयमा छलफल गर्ने कार्यतालिका छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)