कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५३

परराष्ट्र मन्त्रालयले भन्यो- 'प्रधानमन्त्री दाहालको नेतृत्वमा कोप २८ मा सहभागिता'

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८ आौ सम्मेलन (कोप–२८) मा भाग लिन जाने भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल मंसिर १३ गते बुधबार संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई जान लागेका हुन् ।  

परराष्ट्र मन्त्रालयले भन्यो- 'प्रधानमन्त्री दाहालको नेतृत्वमा कोप २८ मा सहभागिता'

उक्त सम्मेलन मंसिर १४ देखि २६ हुँदैछ । परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री दाहालले आगामि शनिबार नेपालको तर्फबाट उच्चस्तरीय सत्रको सम्बोधन गर्ने छन् ।

प्रधानमन्त्री दाहालले उच्चस्तरीय सत्रको अवसरमा सम्मेलनमा सहभागी विभिन्न मुलुकका राष्ट्रप्रमुख/सरकार प्रमुखहरुसग द्वीपक्षीय भेटवार्ता गर्ने मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । दाहालले अबुधाबीस्थित नेपाली दूतावासको भ्रमणका साथै नेपाली समुदायसाग अन्तरक्रिया र नेपाल–यूएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा छोरी गंगा दाहाल, वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतो र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी रहने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री दाहाल आइतबार घर फर्कने कार्यक्रम छ ।

प्रकाशित : मंसिर ११, २०८० १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×