कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : बस्नेत

काठमाडौँ — एमालेका पोलिटब्यरो सदस्य महेश बस्नेतले लोकतन्त्रको विकल्प राजतन्त्र नहुने बताएका छन् । एमाले भ्रातृ संगठन युवा संघ नेपालले बिहीबार राजधानीमा आयोजना गरेको विरोध प्रदर्शनमा सम्बोधन गर्दै बस्नेतले अहिले धेरै अराजनीतिक तत्वहरू फेरि राजा बनाउँछु भन्दै हिँडेको र यो एमालेलाई सह्य नहुने बताए । 

लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : बस्नेत

उनले विरोध प्रदर्शन दुर्गा प्रसाईंविरूद्ध नभएको स्पष्ट पारे । प्रसाईंलाई अराजकतावादीको संज्ञा दिँदै यो विरोधलाई प्रसाईंसँगको आन्दोलनलाई जोड्न नहुने बताए । उनले भने, 'हामीले महँगी, भ्रष्टाचार, अनियमितता र जनताको सरोकारका मुद्दाको आवाज उठाउनको लागि विरोध प्रदर्शन गरेका हौं,' उनले अगाडि भने, 'यो विरोध प्रदर्शन तस्करीविरुद्धको हो, उत्पीडनमा रहेका नेपालीको पक्षका लागि हो । यस्तै हिंसामा परेका महिलाहरूको न्यायको लागि हो । गरिब जनताको लागि हो । सकारात्मक ऊर्जाको लागि हो ।'

नेता बस्नेतले सरकारको ध्यान तान्नको लागि विरोध गरिएको र यसलाई बेवास्ता गरिए सरकारले लगाएको निषेधाज्ञा क्षेत्र तोड्न बाध्य हुने चेतावनी दिए । उनले भने, 'म सरकारलाई, अझ विशेष प्रचण्डलाई भन्न चाहन्छु । हामीलाई निषेधाज्ञा तोड्न बाध्य नपारियोस् ।'

उनले अहिलेको सरकारको आयु छोटो रहेको बताउँदै भने, 'यो सरकारको आयु छोटो छ । छोटो आयु भएको मानिस उखरमाउलो हुन्छ भन्छन् । त्यसैले प्रचण्डको सरकार उखरमाउलो भइरहेको छ । यिनीहरु सबैका लागि खतरा हो ।'

प्रकाशित : मंसिर ७, २०८० १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×