कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

भोलि अत्यावश्‍यक कामका लागि मात्रै गाडी लिएर निस्कन ट्राफिकको आग्रह

काठमाडौँ — काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गर्दै भोलि बिहीबार उपत्यकाका विभिन्न स्थानमा र्‍याली र जुलुस प्रदर्शनको कार्यक्रम रहेकाले अत्यावश्यक काममा मात्रै सवारी साधन लिएर निस्कन आग्रह गरेको छ । ट्राफिक प्रहरी कार्यालयले  भोली उपत्यका भर नै सवारी आवगमनमा असहजता श्रृजना हुनसक्ने भएकाले अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन आग्रह गरेको हो ।

भोलि अत्यावश्‍यक कामका लागि मात्रै गाडी लिएर निस्कन ट्राफिकको आग्रह

ट्राफिकले सडकमा निस्कनु अगाडि १०० वा १०३ मा टेलिफोन गरेर वा ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनेर सडकको अवस्थाको जानकारी लिन समेत सूचित गराएको छ । 'तपाईंको सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गर्नहुन विनम्र अनुरोध गर्दछौं,' सूचनामा भनिएको छ ।

बिहीबार उपत्यकामा दुर्गा प्रसाईं समूह र एमालेको भातृ संगठन युवा संघको र्‍याली तथा जुलुसको कार्यक्रम रहेको छ । सो कार्यक्रमलाई लक्षित गरी यस अघि नै काठमाडौं तथा ललितपुर जिल्ला प्रशासन कार्यालयले विभिन्न स्थानलाई निषेधित क्षेत्र घोषणा समेत गरी सकेको छ ।

प्रकाशित : मंसिर ६, २०८० १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×