कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

टिकटक प्रतिबन्धविरूद्धका रिट निवेदन ‘हेर्न नभ्याउने’मा, अर्को पेसी मंगलबार

काठमाडौँ — सामाजिक संजाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदनमाथि सोमबार सुनुवाइ भएन । न्यायाधीश कुमार चुँडालको इजलासमा सरकारले टिकटक प्रतिबन्ध लगाउने निर्णयविरुद्ध परेका रिट निवेदनको पेसी तोकिएको थियो । 

टिकटक प्रतिबन्धविरूद्धका रिट निवेदन ‘हेर्न नभ्याउने’मा, अर्को पेसी मंगलबार

सर्वोच्च अदालतमा सोमबार न्यायाधीश चुँडालसहितको अर्को संयुक्त इजलास पनि तोकिएको थियो । न्यायाधीश चुडाल संयुक्त इजलासमा नै व्यस्त भएकाले एकल इजलासमा तोकिएका पेसी हेर्न नभ्याइएको हो ।

सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्धका रिटहरूको सुनुवाइका लागि मंसिर ५ गते मंगलबार अर्को पेसी तोकेको छ ।

सरकारले कार्तिक २७ मा लगातार रूपमा सामाजिक सद्भाव बिथोलिने गरेर र हाम्रो पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खलबल हुनेगरी लगातार प्रचारप्रसार भइरहेको भन्दै टिकटकमा प्रतिबन्ध लगाउने निर्णय भएको थियो ।

सर्वोच्च अदालतमा टिकटक प्रतबन्धको उक्त निर्णयविरुद्ध छुट्टाछुट्टै १० रिट निवेदन दर्ता भएका थिए ।

प्रकाशित : मंसिर ४, २०८० १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×