कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

भूकम्पपीडितको आवश्यकताअनुसार राहत सामग्री पुगेको छैन : महामन्त्री थापा

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भूकम्पपीडितले गाउँमा पुग्ने जससँग पनि त्रिपाल मागिरहेको बताएका छन् । उनले भूकम्पको एक साता बितिसक्दा पनि सरकारले आधारभूत राहत सामग्रीसमेत सबैतिर पुर्‍याउन नसकेको बताए ।

भूकम्पपीडितको आवश्यकताअनुसार राहत सामग्री पुगेको छैन : महामन्त्री थापा

प्रभावित क्षेत्रको अनुगमनबाट फर्किएपछि शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका महामन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राहत र पुननिर्माणका सन्दर्भमा सुझाव राखेका विषयमा जानकारी दिँदै पीडितहरूलाई चिसोबाट बचाउनुपर्ने बताए ।

‘सरकारले एकद्वार प्रणालीले राहत वितरणलाई केही हदसम्म व्यवस्थित बनाएको छ । तर, अझैपनि समस्याहरू छन्, आवश्यकताअनुसार राहत सामग्री फिल्डमा पुगेको छैन,’ महामन्त्री थापाले भने, ‘फिल्डमा पुग्दा जसले पनि त्रिपाल मागिरहेको छ, किन छ भनेर हेर्दाखेरि ओढ्नेओछ्याउने कपडा दुःखसुख उहाँहरूले पूरानै भएपनि प्रयोग गर्नुभएको छ, तर छानो भत्किसकेपछि अब उहाँहरूको नयाँ छानो छैन, ओत लाग्ने ठाउँ छैन ।’

सरकारले तत्काल राहतसँगै पीडितहरूका लागि अस्थायी आवास बनाउन आवश्यक रहेको थापाले बताए । ‘अहिले एक साता भइसक्यो, सरकारले त्रिपाल पुर्‍याएको छैन । तर त्यो त्रिपाल पुगेको अवस्थामा पनि भरपर्दो होइन,’ उनले भने, ‘सरकारले पहिले त्रिपाल सँगसँगै अस्थायी आवासको व्यवस्था गर्ने गरी योजना बनाएर काम थाल्नुपर्ने देखिएको छ,’ उनले भने ।

थापाकाअनुसार प्रधानमन्त्री दाहाल पीडितहरूलाई अस्थायी आवासका लागि घरटहरा निर्माण गर्न अनुदान दिने विषयमा सरकार सकारात्मक रहेका छन् । ‘राहत वितरणलाई चुस्त बनाउने प्रयास निरन्तर छ । अर्को यो अस्थायी आवासको कुरा एकदमै सकारात्मक छ, म तुरून्तै निर्णय गराउँछु,’ प्रधानमन्त्री दाहालको भनाइ उदृत गर्दै थापाले भने ।

प्रकाशित : कार्तिक २५, २०८० १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?