कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

महासचिव गुटेरेस र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित संघीय संसद् सचिवालयमा रहेको राष्ट्रिय सभा अध्यक्षको कार्यकक्षमा उनीहरुबीच मंगलबार भेटवार्ता भएको हो ।

महासचिव गुटेरेस र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

अध्यक्ष तिमिल्सिनासँगको भेट्लगत्तै महासचिव गुटेरेसले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेट गरेका छन् । उनीहरुबीच गृहमन्त्रालयमा भेटवार्ता भएको हो ।

महासचिव गुटेरेसले आजै संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्दैछन् ।

चार दिने नेपाल भ्रमणमा गरेका गुटेरेसले यसअघि उच्चस्तरीय भेटवार्ता र सगरमाथा क्षेत्र, अन्नपूर्ण आधार शिविर, पोखरा र लुम्बिनीको अवलोकन भ्रमण गरिसकेका छन् ।

प्रकाशित : कार्तिक १४, २०८० १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×