कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

महासचिव गुटेरेस र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । आइतबार अपराह्न नयाँ बानेश्वरस्थित संसद् भवन पुगेका महासचिव गुटेरेसले सभापति देउवासहित कांग्रेस नेताहरुसँग भेटवार्ता गरेका हुन् ।

महासचिव गुटेरेस र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

भेटमा उपसभापति एवम् कानुनमन्त्री धनराज गुरुङ, नेता शेखर कोइराला र परराष्ट्रमन्त्री एनपी साउदसमेत सहभागी थिए ।

भेटमा नेपालको शान्ति प्रक्रिया, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमलगायत विषयमा कुराकानी भएको नेताहरुले बताएका छन् ।

महासचिव गुटेरेसले आइतबारै प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग पनि छुट्टा-छुट्टै भेटवार्ता गरेका छन् ।

प्रकाशित : कार्तिक १२, २०८० १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×