कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५४

विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी छ : सांसद सुवाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीको सम्पत्तिको सीमांकन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी रहेको बताएका छन् ।

विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी छ : सांसद सुवाल

आइतबार प्रतिनिधिसभाको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथिको छलफलमा भाग लिँदै सांसद सुवालले अहिले पनि नेपालीहरूको विदेशमा सम्पत्ति भएको खबर बाहिर आएको भन्दै उनले नेपालीको सम्पत्तिको सीमांकन आवश्यक रहेको बताएका हुन् । उनले नेपालीलाई योग्यताअनुसारको काम र कामअनुसारको ज्याला पाउने बन्दोबस्त गर्नुपर्ने बताए । उनले देशको सन्तुलित विकास गरी हाल भइरहेको बसाइँसराइँलाई व्यवस्थित गर्नुपर्ने र अहिले भएको सरकारी बिदाको एक चौथाई बिदा कटौती गर्नुपर्ने माग गरे ।

‘नेपालीको सम्पत्तिको सीमांकन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी छ किनभने अहिले पनि नेपालीहरुको विदेशमा सम्पत्ति भएको बाहिर आएको छ । नेपालीलाई योग्यताअनुसारको काम र कामअनुसारको ज्याला पाउने बन्दोबस्त गर्नुपर्छ । देशको सन्तुलित विकास गरी हाल भइरहेको बसाइँसराइँलाई व्यवस्थित गर्नुपर्छ । सरकारी बिदा धेरै भएको जनगुनासो छ, यसलाई एक चौथाइ बिदा कटौती गर्नुपर्छ,’ उनले भने ।

सांसद सुवालले प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च अधिकारीसमेतले स्वयंसेवी भावनामा काम गर्नुपर्ने पनि बताए ।

प्रकाशित : कार्तिक १२, २०८० १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×