कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

विपिन जोशीको सुरक्षित घर फिर्तीको कामना गर्दछु : महासचिव गुटेरेस

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालको चार दिने भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हमासको आक्रमणपछि इजरायलमा हराइरहेका नेपालका विपिन जोशीको सुरक्षित घर फिर्तीको कामना गर्दै सबै बन्धकहरू विनासर्त रिहाई हुनुपर्ने बताएका छन् ।

विपिन जोशीको सुरक्षित घर फिर्तीको कामना गर्दछु : महासचिव गुटेरेस

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै महासचिव गुटेरेसले हमासले गरेको आक्रमणको भत्सर्ना गरेका छन् । उनले निहत्था नागरिकहरुमाथिको आक्रमण कुनै पनि अवस्थामा न्ययोचित नहुने उल्लेख गरेका छन् । 'अहिलेका समयहरु धेरै जटिल र तनावपूर्ण छन् ।

धेरै माइल टाढाको मध्यपूर्वमामा भएको द्वन्द्वले नेपालका जनताहरुलाई पनि नजिकबाट प्रभावित पारेको छ' महासचिव गुटेरेसले भनेका छन्,'हमासले गरेको आंतकपूर्ण आक्रमणबाट १० जना नेपाली विद्यार्थीहरु मारिएको घटनाप्रति उनीहरुका परिवारजनमा मेरो गहिरो समवेदना छ र हराईरहेका विपिन जोशी सुरक्षित रुपमा फर्किन्छन् भन्ने कामना गर्दछु ।

कतार हुँदै नेपाल आएका उनले गाजा क्षेत्रको आक्रमण केही घण्टादेखि झन् भयावह बन्दै गइरहेको उल्लेख गर्दै उक्त कार्यप्रति खेद प्रकट गरेका छन् । 'मानवीय सहायताका लागि पनि विश्राम जरुरी छ तर इजरायलले आक्रमण गरिरहेको छ यसप्रति म खेद प्रकट गर्दछु ।'

सबै पक्षहरूले अन्तर्राष्ट्रिय मानवीय कानून अन्तर्गत आफ्ना दायित्वहरूको सम्मान गर्नुपर्ने उनले बताए ।


प्रकाशित : कार्तिक १२, २०८० १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×