कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

राष्ट्रपति पौडेलसँग संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको शिष्टाचार भेट

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नका लागि नेपाल भ्रमणमा रहेका महासचिव गुटेरेस आइतबार दिउँसो पुगेका थिए । 

राष्ट्रपति पौडेलसँग संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको शिष्टाचार भेट

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस चार दिने नेपाल भ्रमणमा रहेको पहिलो दिन नै राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरेका हुन् । महासचिव गुटेरेसले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

नेपाल भ्रमणमा रहेको क्रममा महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, अल्पविकसित मुलुकबाट स्तरोन्नति र दिगो विकासलगायतका विषयमा छलफल गरिरहेका छन् ।

प्रकाशित : कार्तिक १२, २०८० १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×