कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

इजरायलमा मारिएका विद्यार्थीको सम्झनामा अनेरास्ववियूको शोकसभा 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी ) निकट विद्यार्थी संगठन अनेरास्ववियूले इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका विद्यार्थीको सम्झनामा कैलालीको टिकापुर बहुमुखी क्याम्पसमा शोकसभा आयोजना गरेको छ ।  

इजरायलमा मारिएका विद्यार्थीको सम्झनामा अनेरास्ववियूको शोकसभा 

शुक्रबार बिहान गरिएको शोकसभामा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले दिवंगत विद्यार्थीहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै विदेश नजाने परिस्थिति निर्माण गर्न सबै लाग्नुपर्ने बताए ।

प्यालेस्टाइनी विद्रोही समूह हमासले शनिबार इजरायलका दक्षिणी क्षेत्रमा आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायको 'लर्न एन्ड अर्न प्रोग्राम' अन्तर्गत उनीहरु इजरायल पुगेका थिए ।

अनेरास्ववियूकी अध्यक्ष आरती लामाले सरकारले कमाउदै पढ्ने वातावरण नेपालमै बनाउन नसकेकोले यस्तो अवस्था आएको र आगामी दिनमा यस्तो परिस्थितिको अन्त्य गर्नुपर्ने बताइन् । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय प्रमुख सुशील न्यौपानेले ज्यान गुमाएका १० जनाको परिवारलाई राहत उपलब्ध गराउने कुरामा सहयोग गर्न पूर्वप्रधानमन्त्री नेपाललाई आग्रह गरे । न्यौपानेले हमास विद्रोहहरुको नियन्त्रणमा रहेको भनिएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल उद्धार गर्न सरकारले कूटनीतिक भूमिका बढाउनुपर्ने बताए ।

एकीकृत समाजवादीको मेची-महाकाली समाजवादी जागरण अभियानमा सहभागी अनेरास्ववियूले अभियानकै क्रममा टिकापुर बहुमुखी क्याम्पसमा शोकसभा आयोजना हो ।

प्रकाशित : आश्विन २६, २०८० १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×