कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

इजरायलको हमास नियन्त्रित क्षेत्रबाट ३२ नेपाली विद्यार्थीको उद्धार

होम कार्की

काठमाडौँ — हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको छ । इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानतर्फ लगेको हो ।

इजरायलको हमास नियन्त्रित क्षेत्रबाट ३२ नेपाली विद्यार्थीको उद्धार

उद्धार गरेर लगिएका बर्दियाका लुइस रिजालका अनुसार उनीहरुलाई तेल अभिभतर्फ लगिएको छ । उनीहरु सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रममा गएका हुन् । उनीहरुकै समूहका १० को आक्रमणमा मृत्यु भएको थियो । यो टोलीमा ४९ जना थिए । 'बंकरबाट निकालेर हामी सबैलाई सुरक्षित स्थानतर्फ लगेको छ' रिजालले कान्तिपुरसँग भने,'अलग अलग क्याम्पबाट उद्धार गरिएको हो ।' अब सुरक्षित स्थानतर्फ लागेकाले ढुक्क हुने अवस्था रहेको उनले बताए ।

उद्धार गरिएका अर्का एक विद्यार्थी नितिन भण्डारीका अनुसार १३ जनालाई बेतकाम क्षेत्रमा ल्याएर राखिएको छ । 'अहिले हामी २ वटा फार्ममा रहेका १३ जना साथीहरुलाई यहाँ ल्याएको छ' उनले भने,'अरु साथीहरु आउने क्रममा छन् ।'

अहिले आफूहरु सुरक्षित रहेको उनले बताए । 'हामीहरु सुरक्षित छौं साथीहरुसँग बसेर कुराकानी गरिरहेका छौं' उनले भने,'हामी सबैलाई भेला गरेर तेलअभिभ लैजाने तयारी छ ।'

प्रकाशित : आश्विन २२, २०८० १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×