कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

खटाइएको ठाउँमा सात दिनभित्र हाजिर हुन कर्मचारीहरुलाई मन्त्रालयको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा, पदस्थापन तथा काज खटाइएका कर्मचारीहरूलाई एक साताभित्र तोकिएको कार्यालयमा हाजिर निर्देशन दिएको छ । सरुवा गरिएका, काज खटाइएका वा फिर्ता गरिएका, कर्मचारी समायोजनबाट खटाइएका कर्मचारीहरूले रमाना नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको भन्दै मन्त्रालयले एक साताभित्र तोकिएको कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो ।

खटाइएको ठाउँमा सात दिनभित्र हाजिर हुन कर्मचारीहरुलाई मन्त्रालयको निर्देशन

मन्त्री अनिता देवीले शुक्रबार सरकारका सबै मन्त्रालयहरूबाट कानुनबमोजिम सरुवा, पदस्थापन, काज सरुवा वा काज फिर्ता गरिएका कर्मचारीहरूलाई एक साताभित्र तोकिएको कार्यालयमा हाजिर हुन निर्देशन दिएकी हुन् ।

कर्मचारीहरू खटाइएको ठाउँमा नजाँदा सार्वजनिक सेवा प्रवाहमा असर पुगिरहेको पाइएपछि मन्त्रालयले यस्तो निर्देशन गरेको मन्त्रालयका उपसचिव अश्विनीकुमार पोखरेलले बताए ।

‘कतिपय कर्मचारीहरू खटाइएको ठाउँमा नगएको अवस्था छ । त्यसले सम्बन्धित कार्यालयको सेवा प्रवाहमा मात्रै असर गरेको छैन, समग्र सार्वजनिक सेवाप्रति नै नकारात्मक धारणाको विकास भइरहेको छ,’ उनले भने, ‘त्यस्ता कर्मचारीहरूलाई तोकिएको ठाउँमा जान मन्त्रालयले भनेको हो ।’ उनले त्यस्ता कर्मचारीको संख्या भने यकिन नरहेको बताए ।

प्रकाशित : आश्विन १२, २०८० १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र डा. गोविन्द केसीबीच चिकित्सा शिक्षाको विषयमा भइरहेको आरोप्रत्यारोपबारे के भन्नुहुन्छ?