कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

ठगी आरोपमा अभिनेता अनमोल केसी पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — अभिनेता अनमोल केसी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले केसीलाई केहीबेरअघि काठमाडौंबाट पक्राउ गरेको हो ।

ठगी आरोपमा अभिनेता अनमोल केसी पक्राउ

उनी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीका छोरा हुन् । उनलाई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो । कार्यालयका एक प्रहरीका अनुसार उनलाई भक्तपुरको साँगा क्षेत्रबाट पक्राउ गरिएको हो ।

उनलाई १० लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । त्यसको अनुसन्धानका लागि केसीलाई पक्राउ गरिएको ती प्रहरीले बताए । केसी मिनभवनस्थित कार्यालयको नियन्त्रणमा छन् ।

प्रकाशित : आश्विन १२, २०८० १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×