२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६१

१० लाख बुझेर ‘सुटिङ’ मा नगएपछि प्रहरीमा परेको थियो केसीविरुद्ध उजुरी

कान्तिपुर संवाददाता

काठमाडौँ — ठगी अभियोगमा पक्राउ परेका अभिनेता अनमोल केसीले रावायण चलचित्रमा अभिनय गर्ने भन्दै पैसा लिएर छायांकनमा नगएपछि निर्माता पक्षले उनीविरुद्ध ठगीको उजुरी दिएको पाइएको छ ।

१० लाख बुझेर ‘सुटिङ’ मा नगएपछि प्रहरीमा परेको थियो केसीविरुद्ध उजुरी

रावायणका निर्माता सुप्रिया कटवालले केसीविरुद्ध १० लाख रुपैयाँ ठगीको उजुरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा दिएकी थिइन् । त्यसपछि प्रहरीले केसीलाई बोलाएर सोधपुछ गर्ने प्रयास गरे पनि उनी सम्पर्कविहीन बनेका थिए ।

त्यसपछि प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएर उनको खोजी गरेको थियो । कार्यालय प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले चलचित्र अभिनयका लागि रकम लिएर पनि छायांकनमा नगएपछि निर्माता पक्षले उजुरी दिएको र त्यसकै आधारमा उनलाई पक्राउ गरिएको बताए ।

‘केही दिनअघिबाटै चलचित्रको छायांकन सुरू गर्ने भनिएको रहेछ । त्यसका लागि नायक–नायिका‚ प्राविधिक टोलीलगायतलाई निर्माता पक्षले १ करोड पाँच लाख रुपैयाँ बाडिसकेको रहेछ । त्यसमध्ये केसीले १० लाख रुपैयाँ बुझेर पनि छायांकनमा नगएपछि पीडितपक्ष उजुरी लिएर प्रहरीमा आएको थियो‚’ उनले भने‚ ‘त्यसपछि केसीलाई बोलाएर दुवै पक्षसँग कुरा गर्न खोज्दा प्रहरीलाई नै उनले जे गर्नु छ गरे हुन्छ भन्दै धम्क्याएपछि अदालतबाट अनुमति लिएर उनलाई पक्राउ गरिएको हो ।

अभिनेता केसीलाई केहीबेरअघि प्रहरीले भक्तपुरको साँगा क्षेत्रबाट पक्राउ गरेको थियो । उनलाई ठगीको कसुरमा मुद्दा चलाइने एसएसपी राठौरले बताए ।

प्रकाशित : आश्विन १२, २०८० १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?