२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

उपराष्ट्रपति यादवसँग चिनियाँ प्रतिनिधिमण्डलको भेट 

काठमाडौँ — नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका नेताले उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई भेटेकी छन् । चीनको युनान प्रान्तको सीपीसीका स्थायी समिति सदस्य तथा प्रान्तीय प्रचार विभाग प्रमुख जेङ यानको नेतृत्वको टोलीले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेकी हुन् । 

उपराष्ट्रपति यादवसँग चिनियाँ प्रतिनिधिमण्डलको भेट 

उपराष्ट्रपति यादवले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको बताए । उनले गत अगस्टमा चीन भ्रमणका क्रममा युनान प्रान्तबाट पाएको अतिथि सत्कारको उच्च प्रशंसा गर्दै युनानको कुनमिङमा ७औं चाइना–साउथ एसिया एक्स्पोजिसन र २७औं चाइना (कुनमिङ) इम्पोर्ट एन्ड एक्स्पोर्ट फेयर सफलतापूर्वक आयोजना गरेकोमा टोलीसमक्ष धन्यवाद व्यक्त गरे ।

चिनियाँ भ्रमण टोलीका नेतृत्व गरेकी जेङ यानले आफूहरुको यो भेटघाटबाट असाध्यै खुशी भएको जनाउँदै दुईदेशीय सम्बन्धलाई थप प्रगाढ, सुदृढ र बलियो बनाउन आफ्नो स्तरबाट प्रयास गर्ने बताइन् ।


प्रकाशित : आश्विन १, २०८० १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी स्थापनाकालदेखि निरन्तर अध्यक्ष रहेका जसपा नेपालका उपेन्द्र यादव महाधिवेशनबाट फेरि आफैं नेतृत्वमा आएका छन् । पटक-पटक एउटै व्यक्ति नेतृत्वमा रहिरहनुलाई के भन्नुहुन्छ ?