कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

वाम आन्दोलनमा नेम्वाङको अभाव खट्किइरहने छ : महासचिव भूसाल

काठमाडौँ — नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले वाम आन्दोलनमा क्षति पुगेको बताएका छन् । नेम्वाङ एक शालीन र सन्तुलित व्यक्तित्व, राजनीतिक अतिका बेला एउटा भरपर्दो विकल्प भएको महासचिव भूसालको भनाइ छ । 

वाम आन्दोलनमा नेम्वाङको अभाव खट्किइरहने छ : महासचिव भूसाल

महासचिव भूसालले वाम आन्दोलनमा नेम्वाङको अभाव खट्किइरहनेसमेत बताएका छन् । उनले लेखेका छन्, 'एउटा शालीन र सन्तुलित व्यक्तित्व, राजनीतिक अतिका बेला एउटा भरपर्दो विकल्प -कमरेड सुवास नेम्वाङ । वाम आन्दोलनको भविष्यमा पनि तपाईंको अभाव खट्किरहनेछ । हार्दिक श्रद्धाञ्जली सुवास कमरेड ! उहाँकी जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।'

काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा सोमबार राति नेम्वाङको निधन भएको हो । एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी हाल इलाम-२ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।

संविधानसभाका अध्यक्ष नेम्वाङको पार्थिव शरीर केहीबेरपछि पार्टी केन्द्रीय कार्यालयमा लगिने एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए। नेम्वाङको पार्थिव शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने र बुधबार अन्त्येष्टि गरिने जनाइएको छ ।

प्रकाशित : भाद्र २६, २०८० १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×