कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६७

लम्पी स्किन महामारीको विषयमा छलफल गर्न रवि लामिछानेले दर्ता गरे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लम्पी स्किन महामारीको विषयमा प्रतिनिधिसभा बैठकमा छलफल गर्नुपर्ने माग गर्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । मंगलबार संसद् सचिवालयमा दर्ता गरिएको प्रस्तावमा लामिछानेले लम्पी स्किन रोगमा प्रभावितहरूलाई खोपको व्यवस्था गर्न र पीडित किसानहरूलाई क्षतिपूर्तिको व्यवस्था गर्ने विषयमा छलफल आवश्यक रहेको बताएका छन् ।

लम्पी स्किन महामारीको विषयमा छलफल गर्न रवि लामिछानेले दर्ता गरे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव

'लम्पी स्किन रोग नियन्त्रणका लागि आवश्यक औषधि खरिद र आपूर्ति गर्न चाहिने बजेट व्यवस्थापन गर्न सरकारले के-कस्तो योजना गरेको छ ? सो योजनाबारे सरकारसँग जानकारी माग गर्न,' दर्ता गरिएको प्रस्तावमा भनिएको छ ।

पशु स्वास्थ्य बिमा, एक पालिका एक भेटेरिनरी कार्यक्रमको कार्यान्वयनको अवस्था, खोप उत्पादनका लागि नेपालमा भइरहेको प्रयास, रोग नियन्त्रण प्रयासमा किसानको सहभागिताको अवस्थालगायत विषयमा छलफल आवश्यक भएको लामिछानेद्वारा दर्ता गराएको प्रस्तावमा उल्लेख छ ।

प्रकाशित : श्रावण १६, २०८० १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×