कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

संसदीय समिति सभापति चयन गर्न सभामुखलाई एमालेको ध्यानाकर्षण

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संघीय संसद् मातहतका संसदीय समिति सभापति चयन गर्न सभामुखको ध्यानाकर्षण गराएको छ । संसदीय समिति सभापति चयन नभए समितिका आगामी बैठकमा उपस्थित नहुने पनि एमालेले सभामुख देवराज घिमिरेलाई जानकारी गराएको हो । 

संसदीय समिति सभापति चयन गर्न सभामुखलाई एमालेको ध्यानाकर्षण

सभामुख घिमिरेलाई फोनमार्फत संसदीय समिति सभापति चयन गर्न भनेको र नगरिए समितिका आगामी बैठकमा उपस्थित नहुने जानकारी गराएको एमाले सचिवसमेत रहेका सांसद योगेश भट्टराईले बताए । 'आज हामीले सार्वजनिक लेखा समितिमा कुरा उठायौं र प्रस्ताव पनि पारित भएको छ । सभापति नहुँदा काम प्रभावित भएको छ,' उनले भने, 'सभामुखलाई यो कुरा जानकारी गराएका छौं । उहाँले सबै दलसँग परामर्श गरेर प्रक्रिया अगाडि बढाउँछु भन्नुभएको छ ।'

एमाले संसदीय दलका एक पदाधिकारीले समिति सभापति चयन नभए अन्य समितिमा पनि एमालेका सांसद उपस्थित नहुने बताए । संसदीय समिति गठन भएको ३ महिना पूरा हुँदा पनि सभापति चयन नभएकाले एमालेले समितिका बैठक बहिष्कार गर्न लागेको ती अधिकारीको भनाइ छ ।

प्रतिनिधिसभाका समितिको गठन गत वैशाख १५ गते भएको थियो । संसदीय समितिलाई ज्येष्ठ सांसदहरूले चलाइरहेका छन् ।

प्रकाशित : श्रावण १४, २०८० १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?