कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६७

रास्वपाद्वारा प्रतिनिधिसभामा सुन प्रकरणबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुन तस्करी प्रकरणको विषयमा प्रतिनिधिसभा बैठकमा छलफलको माग गर्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेको छ । रास्वपाका निशा डाँगी, सन्तोष परियारसहितको १६ जना सांसद प्रस्तावक रहेको उक्त प्रस्तावमा अध्यक्ष रवि लामिछानेसहितका ४ जना सांदसहरूको समर्थन रहेको छ ।

रास्वपाद्वारा प्रतिनिधिसभामा सुन प्रकरणबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

रास्वपाले सुन तस्करी प्रकरणले राष्ट्रिय सुरक्षा, सक्षम, स्वच्छ, पारदर्शी, भ्रष्टाचारमुक्त र जनउत्तरदायी सार्वजनिक प्रशासनको अवधारणामा प्रश्न उठ्ने अवस्था सिर्जना भएको जनाएको छ ।

'यति ठूलो मात्रामा सुन कसरी पत्ता नलागी भन्सार जाँचपास गर्‍यो ? सो सम्बन्धमा विस्तृत अनुसन्धान गर्न सरकारलाई माग गर्ने' प्रस्तावमा भनिएको छ ।


प्रकाशित : श्रावण १०, २०८० १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×