कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

बुढीगण्डकी परियोजनाको शिलान्यास यसै महिना हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले बुढीगण्डकी परियोजनाको शिलान्यास असारभित्रै हुने बताएका छन् ।  आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकमाथि उठेको प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री दाहालले यसै महिना कार्यालय स्थापना र परियोजनको शिलान्यास हुने जानकारी प्रतिनिधिसभा बैठकमा गराएका हुन् । 

बुढीगण्डकी परियोजनाको शिलान्यास यसै महिना हुन्छ : प्रधानमन्त्री दाहाल

'यसै महिनाभित्र बुढीगण्डकी परियोजनालाई अघि बढाउनका लागि कार्यालय उद्घाटन गर्ने र शिलान्यस गर्ने भन्ने विषयमा सम्बन्धित अधिकारीलाई भनेको छु‚' दाहालले भने, 'बुढीगण्डकी परियोजना सञ्चालनको नयाँ कार्यालयको उद्घाटन यसै महिना हुन्छ ।'

गोर्खा र धादिङको सीमामा रहेको बुढीगण्डकी नदीमा १ हजार २ सय मेगावाट बिजुली उत्पादनसहितको बहुउद्देश्यीय परियोजना हो । परियोजना सञ्चालनका लागि ४० अर्ब रुपैयाँबराबरको मुआब्जा वितरण गरिसकिएको छ ।

त्यसैगरी पेट्रोलियम पदार्थमा पूर्वाधार कर लगाएर ७० अर्बभन्दा बढी रकम संकलन गरिसकेको उनले बताए । आयोजनाबाट ५० हजार मानिस प्रभावित हुने अनुमान गरिएको थियो ।

प्रकाशित : असार १३, २०८० १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×