कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०

राप्रपाका केन्द्रीय नेताहरू संगठन निर्माणका लागि स्थानीय तहमा जाने

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई भूगोल केन्द्रित स्थानीय तहको जिम्मेवारी दिएको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको सोमबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।

राप्रपाका केन्द्रीय नेताहरू संगठन निर्माणका लागि स्थानीय तहमा जाने

राप्रपाका नेताहरूले भन्दै आएको नवीन राप्रपाको नयाँ कार्यक्रम अन्तर्गत नेताहरूले आआफ्नै स्थानीय तहमा संगठन पुनर्गठन तथा विस्तार गर्नुपर्ने बताइएको छ ।

७५३ वटै स्थानीय तहमा पार्टीका केन्द्रीय नेताहरूलाई यसरी खटाइएको यो पहिलो अभ्यास भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।

राप्रपाले सातवटै प्रदेशमा प्रदेश संयोजक तोकेर उनीहरूको काम, कर्तव्य र अधिकार निर्धारण गरिएको छ । यसरी तोकिएका सबै प्रदेश संयोजक तथा भूगोल केन्द्रित नेताहरूको जिम्मेवारी ६ महिनाको हुने पनि राप्रपाले जनाएको छ ।

प्रकाशित : असार ११, २०८० २१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×