कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

भन्सारमा प्रसादी ल्याउँदा कर लगाउने सरकारको निर्णय लज्जास्पद : त्रिपाठी

नवीन पौडेल

परासी — जनता प्रगतीशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले भन्सार नाकाबाट एक सय रुपैयाँभन्दा माथिको सामान ल्याउँदा भन्सार शुल्क तिर्नु पर्ने नियम कार्यान्वयन गरेकोमा आपत्ति जनाएका छन् । रोटी र बेटीको सम्बन्ध भएको दुई देशबीचका नागरिक घर खर्चका लागि चिनी, चियापत्ती र भगवानको प्रसाद ल्याउँदा पनि कर लिने निर्णय पुनर्विचार गर्न नेता त्रिपाठीले सरकारसँग आग्रह गरे । 

भन्सारमा प्रसादी ल्याउँदा कर लगाउने सरकारको निर्णय लज्जास्पद : त्रिपाठी

'भारतीय सिमानाका आसपासमा विवाह, नातासम्बन्ध हुन्छ । धार्मिक कार्यका लागि पनि दुवै देशका नागरिक नेपाल-भारत आउने जाने गर्दछन्,' नेता त्रिपाठीले भने, 'अब त मन्दिर दर्शन गरेर फर्किँदा ल्याउने भगवानको प्रसादीमा पनि कर लिएर सरकार लेके गर्न खोजेको हो । ठूला औद्योगिक घरानाले तिर्नु पर्ने खर्बौं कर उठाउन नसक्ने अनि गरिब जनतालाई करको भारी बोकाउन सरकार किन उद्यत भइरहेको छ ?'

गृहजिल्ला पश्चिम नवलपरासीमा बिहीबार पत्रकार सम्मेलन गर्दै पूर्वमन्त्री रहेका त्रिपाठीले पछिल्लो समय कांग्रेस एमालेले नयाँ गठबन्धन गर्न खोजेर देशलाई प्रतिगमनतर्फ धकेल्न खोजेको आरोप लगाए । सरकारले अहिले देशभरका भन्सार नाकामा १ सय रुपैयाँभन्दा माथिको सामान ल्याउँदा भन्सार शुल्क तिर्नु पर्ने नियम कार्यान्वयनमा ल्याएको हो । यसअघि भन्सारमा घरायसी प्रयोजनका लागि स्थानीयले ल्याउने तरकारी, खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्यका सामानमा भन्सार लिने गरेको थिएन । व्यवहारिकरुपमा वर्षौंदेखि निर्वाध सामान ओसारपसार गर्न दिए पनि असार ५ गतेदेखि जिल्लाको महेशपुर भन्सार नाकामा कडाइ गरेपछि स्थानीयले पनि विरोध गर्दै आइरहेका छन् ।

प्रकाशित : असार ७, २०८० १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

×