धरौटीमा छुटे मदन राई, फाउन्डेसनमा जान रोक


खोटाङ — बाल यौन दुरुपयोगमा पक्राउ परेका कृषि विज्ञ मदन राई सोमबार घरौटीमा छुटेका छन् । आफैले सञ्चालन गरेको शुभम फाउन्डेसनमा अध्ययनरत बालिकालाई यौन दुरुपयोग गरेको अभियोगमा वैशाख २९ गते पक्राउ परेका राईलाई जिल्ला अदालतबाट चार लाख धरौटीमा छुटेका हुन् ।


जिल्ला न्यायाधीश सुभाषबाबु पुरीको एकल इजलासले मुद्दा फैसला नभइन्जेलसम्मका लागि धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक रोमन अर्यालले बताए । फाउन्डेसनमा भने राईलाई जान रोक लगाइएको छ ।
जेठ २१ गते सरकारी वकिलको कार्यालयले अदालतमा बालयौन दुरुपयोग अभियोग पत्र दायर गरेको थियो ।
प्रकाशित : जेष्ठ २२, २०८० २२:३१