ऐसेलुखर्क गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवन गुणस्तरहीन भएको पुष्टि भएपछि ठेक्का तोडेर धरौटी जफत गरी निर्माणमा संलग्न कम्पनीलाई कालो सूचीमा राख्ने निर्णय अघि नबढाउन दबाब आएको खुलासा भएको छ ।
मध्यपहाडी लोकमार्ग करिडोरमा पर्ने हलेसी–दिक्तेल सडक कालोपत्र भएको डेढ वर्ष नबित्दै भत्किन थालेको छ । गुणस्तरहीन निर्माण सामग्री प्रयोग गर्नुका साथै निर्माणमा लापरबाही भएकाले उक्त सडक खण्डका विभिन्न ठाउँमा सडक भत्किएको हो ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ‘कोभिड १९ अस्पताल’ बनाउने भएको छ । उक्त पालिकाकै वडा नं १ याम्खाको स्वास्थ्य चौकी भवनमा पाँच शय्याको अस्थायी कोरोना अस्पताल बनाउने भएको हो ।
खोटाङमा एक जना युवालाई कोरोना संक्रमण देखिएको छ । हलेसी तुवाचुङ नगरपालिका-७ बस्ने २० वर्षीय युवामा कोरोना संक्रमण देखिएको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलले कान्तिपुरलाई बताए ।