बाल यौन दुरुपयोगमा मदन राई दोषी ठहर

माघ १३, २०८१

डम्बरसिंह राई

Madan Rai found guilty of child sexual abuse

खोटाङ — कृषि विज्ञ भनेर चिनिएका मदन राई बाल यौन दुरुपयोगमा दोषी ठहर भएका छन् । जिल्ला अदालत खोटाङले राईलाई कसुरदार ठहराएको हो ।

जिल्ला अदालत खोटाङका सूचना अधिकारी सुदिपकुमार भट्टरा‌ईका अनुसार माघ १० गते नारायणप्रसाद दाहालको इजलासले राईलाई दोषी ठहराएको हो ।

यद्यपि राईलाई कति सजाय हुने भन्नेबारे भने अर्को पेसीमा सुनुवाइ हुने भएको छ । सूचना अधिकारी भट्टराईका अनुसार सजाय निर्धारणका लागि माघ २५ गतेलाई पेसी तोकिएको छ । 

आफैंले सञ्चालन गरेको शुभम फाउन्डेसनमा अध्ययनरत बालिकालाई यौन दुरुपयोग गरेको अभियोगमा २०८० वैशाख २९ गते पक्राउ परेका राईलाई जिल्ला अदालत खोटाङबाट जेठ २२ गते चार लाख  रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । धरौटीमा छुटे पनि फाउन्डेसनमा जान भने राईलाई रोक लगाइएको थियो । 

डम्बरसिंह

Link copied successfully