भरुवा बन्दुक देखाएर रकम मागेको आरोपमा कांग्रेस नेता प्रहरी अनुसन्धानमा

नेपाली कांग्रेस खोटाङका सदस्य श्यामकुमार राईमाथी भरुवा बन्दुक देखाएर रकम मागेको आरोप लागेको छ । उनी प्रहरी अनुसन्धामा तानिएका छन् ।

भाद्र ३०, २०८२

डम्बरसिंह राई

Congress leader under police investigation for allegedly demanding money by showing a hired gun

खोटाङ — भरुवा बन्दुक देखाएर रकम मागेको आरोपमा नेपाली कांग्रेस खोटाङका सदस्य श्यामकुमार राई प्रहरी अनुसन्धामा तानिएका छन् ।

राईको घरबाट प्रहरीले नक्कली बन्दुक बरामद गरेको हो । 

गत भदौ १६ गते बिहान खामीबाट दिक्तेल आउँदै गरेको ना १ ज ४३७२ नम्बरको सुमो चालकलाई भरुवा देखाएर रकम असुल्न खोज्ने राईको घरबाट नक्कली बन्दुक बरामद गरेको हो ।


जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीका अनुसार भरुवा बन्दुक देखाएर रकम असुली गर्न खोज्ने राईविरुद्ध डाँका उद्योगमा भदौ १८ गते मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ । 


घटनापछि फरार राई भदौ २० गते प्रहरीमा उपस्थित भएका थिए । घटनाको बेला देखाइएको बन्दुक र बरामद गरिएको बन्दुक फरक भएकाले यस विषयमा थप अनुसन्धान भइरहेको डिएसपी बुढाथोकीको भनाइ छ । बरामद भएको नक्कली बन्दुकको नाल रबरको खानेपानी पाइप र दाबास काठको छ ।


‘घटनास्थलमा देखिएको सक्कली बन्दुक फेला नपरेकाले हातहतियार मुद्दा थाँती राखेर डाँका उद्योगमा मुद्दा चलाइएको हो’ डिएसपी बुढाथोकीले भने–‘सक्कली बन्दुक फेला पर्नेसाथ हातहतियार मुद्दा चलाइने छ ।’

डम्बरसिंह राई

Link copied successfully