बजेटले आर्थिक संकटको केही पनि समाधान दिँदैन : ओली


काठमाडौँ — प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटले मुलुकको वर्तमान आर्थिक संकटको समाधान नगर्ने बताएका छन् । संघीय संसद्को सोमबारको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट प्रस्तुत गरेका थिए ।


अर्थमन्त्री महतको बजेट भाषणपछि संघीय संसद् भवन नयाँ बानेश्वरमा संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले आर्थिक संकटको समाधान नदिने बताएका हुन् । बजेटले संकेत दर्शाउने गरेपनि समस्याको समाधान नदिने उनको भनाइ थियो । ‘बजेटले संकेत दर्शाउँछ तर संकटको समाधान केही पनि दिँदैन,’ उनले भने ।
बजेटका विषयमा प्रमुख प्रतिपक्षी दलले विस्तृत रूपमा पछि धारणा सार्वजनिक गर्ने बताए ।
प्रकाशित : जेष्ठ १५, २०८० २०:५६