राजनीतिक दलहरूबाटै गणतन्त्र खतरामा छ : शेखर कोइराला

काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गणतन्त्र राजाबाट नभई राजनीतिक दलहरूबाटै खतरामा रहेको बताएका छन् । नेपाली कांग्रेस ललितपुर निर्वाचन क्षेत्र नं. १ को प्रथम सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले राजनीतिक दलका शैली र क्रियाकलाप ठिक नभएकाले गणतन्त्रप्रति जनताको वितृष्णा पैदा भएको बताए ।

राजनीतिक दलहरूबाटै गणतन्त्र खतरामा छ : शेखर कोइराला

उनले भने‚ ‘राजाका गतिविधि हुने बित्तिकै गणतन्त्र खतरामा पर्ने भयो भनेर भन्छौं तर उनीबाट होइन, यदि गणतन्त्र खतरामा कसैबाट छ भने राजनीतिक दलहरुबाटै छ ।’

सरकारले भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन दिन, विधिको शासनमा देशलाई हिँडाउन, महँगी नियन्त्रण गर्न नसकेकै कारण जुन व्यवस्था आए पनि उस्तै रहेछ भन्ने छाप जनतामा परेको उनले बताए ।

नेता कोइरालाले कांग्रेस पार्टीका बारेमा नकारात्मक कुरा गरेर संगठन कमजोर बनाउने काम नगर्न कार्यकर्तालाई निर्देशन दिए ।

प्रकाशित : जेष्ठ १५, २०८० ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?