कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

एससीओ फोरममा नेपालले भन्यो : चीनले नेपाललाई आर्थिक र प्राविधिक सहयोग गर्दै आइरहेको छ

काठमाडौँ — चीनले नेपाललाई आर्थिक र प्राविधिक सहयोग गर्दै आइरहेको नेपालले बताएको छ । चीनको सान्ती प्रान्तमा सोमबारबाट सुरु भएको दुई दिने सांघाई सहयोग संगठन फोरममा ‘गरिबी न्यूनीकरण र दिगो विकास’ को बारेमा उद्घाटन सत्रमा नेपालको तर्फबाट बोल्दै समाज कल्याण परिषद्का सदस्यसचिव मनोज भट्टले चीन र नेपालबीचको राजनीतिक, आर्थिक र सामाजिक–सांस्कृतिक सम्बन्धको लामो इतिहास रहेको उल्लेख गरेका हुन् ।

एससीओ फोरममा नेपालले भन्यो : चीनले नेपाललाई आर्थिक र प्राविधिक सहयोग गर्दै आइरहेको छ

उनले भने, ‘हाम्रा दुई देशबीचको आर्थिक सहयोग पुरानो हो । सन् १९५६ अक्टोबरमा नेपाल र चीनबीचको पहिलो ‘आर्थिक सहायता सम्झौता’ मा हस्ताक्षर भएको थियो । ८० को दशकको मध्यदेखि चीन सरकारले नेपालमा पारस्परिक रूपमा स्वीकार्य विकास परियोजनाहरू कार्यान्वयन गर्न आर्थिक तथा प्राविधिक सहयोग कार्यक्रम अन्तर्गत अनुदान दिँदै आएको छ ।’ उनले चीनले नेपाललाई सहायता, ब्याजरहित ऋण र सहुलियतपूर्ण ऋणमार्फत प्रदान गरेको छ ।

चीनले विश्वलाई नै चकित गर्ने गरी गरेको गरिबी निवारण र छोटो समयमा गरेको विकासको अनुभव साटासाट गर्ने गरि गरिएको उक्त कार्यक्रममा नेपालसहित सांघाई सहयोग संगठन मुलुकहरुका सदस्य, पर्यवेक्षक र डाइगल पार्टनर मुलुकहरुको कार्यक्रममा उपस्थिति रहेको छ । नेपाल अहिले उक्त संगठनको डाइलग पार्टनर हो ।

सदस्य सचिव भट्टले सम्बोधनको क्रममा चीनले प्राविधिक सहयोगका साथै पूर्वाधार, औद्योगिकीकरण प्रक्रिया, स्वास्थ्य, शिक्षा, जलस्रोतलगायतका क्षेत्रमा नेपालको विकास प्रयासमा ठूलो योगदान पुर्‍याएको बताए । उनले फोरममा ग्रामीण पुनरुत्थान, कृषि प्रविधि र गरिबी न्यूनीकरणमा सहयोगमा केन्द्रित भएकार आफ्ना धारणा राखेका थिए ।

उनले गरिबीको समस्यालाई सम्बोधन गर्न नेपालले राष्ट्रिय गरिबी निवारण नीति अपनाएको बताए । ‘जसले गरिबीको रेखामुनि रहेका जनसंख्यालाई सन् २०४१ सम्ममा शून्यमा ल्याउने हाम्रो राष्ट्रिय दृष्टिकोणलाई अगाडि बढाउने लक्ष्य राखेको छ,’ भट्टले भने ।

प्रकाशित : जेष्ठ १५, २०८० १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×