कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

आलोचना गर्नुस्, कांग्रेसलाई स्वस्थ आलोचना चाहिन्छ : सभापति देउवा

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई स्वस्थ आलोचना चाहिने बताएका छन् । शनिबार नेपाल प्रेस युनियनको ३२औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीको आलोचना गर्न सकिने बताएका हुन् । 

आलोचना गर्नुस्, कांग्रेसलाई स्वस्थ आलोचना चाहिन्छ : सभापति देउवा

सभापति देउवाले भने, 'आलोचना गर्नुस् । कांग्रेसलाई आलोचना चाहिन्छ । तर स्वस्थ आलोचना गर्नुस् । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो ।'

पछिल्लो समय सभापति देउवाले एकलौटी ढंगले पार्टी सञ्चालन गरेको आरोप लाग्दै आएको छ । पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाण नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि पार्टी र सभापति देउवाले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्न सकेका छैनन्। महामन्त्रीसहित नेताहरूले बैठक बोलाउन पटकपटक माग गर्दा पनि सभापति देउवा त्यसलाई पन्छाइरहेका छन्।

प्रकाशित : जेष्ठ १३, २०८० ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×