जसपाको प्रमुख सचेतकमा प्रदीप यादव

कान्तिपुर संवाददाता

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव चयन भएका छन् । जसपाले यादवलाई प्रमुख सचेतक तोकेको व्यहोराको पत्र शुक्रबार संघीय संसद सचिवालयमा पठाएको छ ।

'पार्टीको विधान २०७८ को धारा १३ (१) अनुसार पर्सा जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुहुने मा श्री प्रदिप यादव यस दलको प्रमुख सचेतकमा नियुक्त गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।'

साथै संघीय संसद्‍का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन तथा नियमानुसार पाउने सेवा सुविधा उपलब्ध गराउन पत्रमा आग्रह गरिएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा जसपाबाट वन तथा वातावरणमन्त्री समेत बनेका यादव गत मंसिरको निर्वाचनमा पर्सा क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।

प्रकाशित : जेष्ठ १२, २०८० १६:५८
प्रतिक्रिया
पठाउनुहोस्

ट्रेड युनियन कांग्रेस नुवाकोट अध्यक्षमा खड्का

कृष्ण थापा

नुवाकोट — नेपाल ट्रेड युनियन कांग्रेस नुवाकोट अध्यक्षमा मछिन्द्र खड्का चयन भएका छन् । 

७ औं जिल्ला अधिवेशनले खड्कालाई चयन गरेको हो । त्यसैगरी उपाध्यक्ष रामराजा बोगटी, महिला उपाध्यक्ष सरु अधिकारी ढुंगाना र सचिवमा हरिवंश ढकाल चयन भएका छन् ।


प्रकाशित : जेष्ठ १२, २०८० १६:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×