कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसको प्रचार विभाग प्रमुखमा विश्वकर्मा

काठमाडौँ — नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा केन्द्रीय सदस्य मीन विश्वकर्मा मनोनीत भएका छन् । महाधिवेशन भएको डेढ वर्षपछि सभापति शेरबहादुर देउवाले विभाग गठनको प्रारम्भ गर्दै पार्टीको प्रचार विभाग प्रमुखमा विश्वकर्मालाई जिम्मेवारी दिएका हुन् । कांग्रेसमा साधारणतया प्रवक्ता नै पार्टीको प्रचार विभाग प्रमुख बन्ने अभ्यास छ ।

कांग्रेसको प्रचार विभाग प्रमुखमा विश्वकर्मा

तर यसपटक पार्टीको प्रवक्ता रहेका प्रकाशशरण महत अर्थमन्त्री बनेपछि प्रवक्ता महत नै रहिरहने गरी प्रचार विभागको प्रमुखमा विश्वकर्मालाई जिम्मेवारी दिइएको हो । विधानबमोजिम महाधिवेशन भएको ६ महिनाभित्र विभागहरू गठन गरिसक्नुपर्ने हो । तर देउवाले अहिलेसम्म कुनै पनि विभाग गठन गरेका थिएनन् ।

प्रचार विभागको जिम्मेवारी पाएका विश्वकर्मा सभापति देउवाका विश्वासपात्र हुन् । पार्टीबाट पटक–पटक केन्द्रीय सदस्य र मन्त्रीसमेत भइसकेका विश्वकर्मा १४ औँ महाधिवेशनमा सहमहामन्त्रीको आकांक्षी थिए ।

तर सभापति देउवाले उनलाई उम्मेदवार नबनाएपछि उनले कुनै पनि पदमा उम्मेदवारी दिएनन् । पछि सभापति देउवाले केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका थिए ।

प्रकाशित : जेष्ठ १२, २०८० १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?