३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

बजेट निर्माणको विषयमा एमालेका स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई प्रशिक्षण

काठमाडौँ — बज‍ेट निर्माणको विषयमा नेकपा एमालेले स्थानीय तहका प्रमुख तथा उप प्रमुखलाई दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । एमालेको स्कुल, अर्थ तथा योजना र स्थानीय विकास विभागले संयुक्त रुपमा नगरपालिकाका मेयर‚ उपमेयर‚ गाउँपकालिकाका अध्यक्ष तथा उपाध्यक्षका लागि शुक्रबार र शनिबार प्रशिक्षण कार्यक्रम गर्न लागेको हो ।

बजेट निर्माणको विषयमा एमालेका स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई प्रशिक्षण

'राजनीतिको विषयमा नभई बजेट निर्माणको विषयमा प्रशिक्षण राखिएको हो । गत वर्ष पनि यस्तै कार्यक्रम आयोजना गरिएको थियो‚' स्कुल विभागकी सचिव पेम्वा लामाले भनिन्, 'करिब ४ सय प्रतिनिधिहरूको सहभागिता रहनेछ ।' अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रमको उद्घाटन गर्नेछन् ।

नेपाल सरकारका पूर्वसचिव शिशिर ढुंगानाले स्थानीय तहको प्राथमिकता र कार्यक्षेत्र, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र गाउँपालिका राष्ट्रिय महासंघका प्रमुख कार्यकारी अधिकृत विमल पोखरेलले स्थानीय तहको सुशासन, सेवा प्रवाह र जनशक्तिको विषयमा प्रशिक्षण दिने बताइएको छ ।

त्यसैगरी स्थानीय तहमा देखा परेका समस्या र समाधानको विषयमा स्थानीय तहका प्रतिनिधिहरूले जानकारी गराउने कार्यक्रम रहेको सचिव लामाले बताइन् ।

प्रकाशित : जेष्ठ १२, २०८० ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?