सबै प्रकारका सिन्डिकेट अन्त्य गर्न अनुगमन प्रभावकारी बनाइने


काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेले सबै प्रकारका सिन्डिकेट र कार्टेलिङ अन्त्य गरिने बताएका छन् । शुक्रबार संसद्मा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दे राष्ट्रपति पौडेलले उपभोक्ताको हित संरक्षण गर्न अनुगमनलाई थप प्रभावकारी बनाइने बताए ।


‘सबै प्रकारका सिन्डिकेट र कार्टेलिङको अन्त्य गरी व्यापारिक कारोबारमा नैतिकता, स्वच्छता, प्रतिस्पर्धा र अनुशासन कायम गरिने छ । बजार अनुगमनलाई थप प्रभावकारी बनाइने छ,’ उनले भने, ‘मूल्य र गुणस्तरमा उपभोक्ता ठगिने वातावरणलाई अन्त्य गरिने छ ।’