कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७
कांग्रेस रुपान्तरण अभियान

कोइराला समूहका युवा नेताले तोके सातै प्रदेशमा संयोजक

काठमाडौँ — उपनिर्वाचनको परिणामपछि नेपाली कांग्रेसमा चलेको रुपान्तरणको बहसलाई तीव्रता दिँदै कांग्रेसका युवा नेताहरूले देशव्यापी पार्टी रुपान्तरण अभियान थालेका छन् । रुपान्तरण अभियानअन्तर्गत गत बिहीबार काठमाडौंमा बृहत् भेला गरेका नेताहरूले आइतबार सातै प्रदेशमा रुपान्तरण अभियानको संयोजक तोकेका छन् ।

कोइराला समूहका युवा नेताले तोके सातै प्रदेशमा संयोजक

अभियानले सातै प्रदेशमा कांग्रेसमा रुपान्तरण र सुधारका लागि छलफल, अन्तरक्रिया र सुझाव संकलन गर्ने नेताहरूले बताएका छन् । शनिबार र आइतबार निरन्तर छलफलपछि नेताहरूले सात प्रदेशमा संयोजक तोकेका हुन् ।

अभियानका लागि कोशी प्रदेशमा गुरुराज घिमिरे, मधेशमा रञ्जित कर्ण, वाग्मतीमा मधु आचार्य, गण्डकीमा देवराज चालिसे, लुम्बिनीमा गोविन्द पोखरेल, कर्णालीमा भुपेन्द्रजंग शाही र सुदूरपश्चिममा भरत खड्कालाई संयोजक तोकिएको छ ।

उनीहरूमध्ये आचार्य र पोखरेल वर्तमान केन्द्रीय कार्यसमितिका सदस्य हुन् भने घिमिरे र शाही प्रदेश सभापतिका प्रत्याशी थिए । चालिसे केन्द्रीय सहमहामन्त्रीको उम्मेदवार थिए । उनीहरू सबै नेता शेखर कोइराला पक्षका नेता हुन् ।

नेता घिमिरेले पार्टीमा रुपान्तरण र सुधारका लागि आफूहरूले देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको बताए । ‘सातै प्रदेशमा पार्टी सुधारका लागि विकल्पहरू के-के हुन सक्छन् ? हामीले छलफल गर्ने, बहस गर्ने र सुझाव लिने अभियान चलाउँछौँ,’ उनले भने, ‘अहिले संयोजक तोकिएको छ, अब त्यहाँ टिम बन्छ ।’

उनले आफूहरूले कांग्रेसभित्र सुधारका लागि अन्तरसंघर्षको सुरुआत गरेको बताए ।

प्रकाशित : वैशाख २४, २०८० १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×