कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५३

हिमपहिरोमा परी बेपत्ता भएका ५ जनामध्ये ३ को शव फेला

काठमाडौँ — दार्चुलाको व्यास–१ नाम्पा पाटननजिकको भोलिङमा यार्चागुम्बा संकलनका लागि बसेका बेला माथिबाट आएको हिमपहिरोमा पुरिएर बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव फेला परेको छ ।

हिमपहिरोमा परी बेपत्ता भएका ५ जनामध्ये ३ को शव फेला

हिमपहिरोमा पुरिएर बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव बुधबार बिहान उद्धारका क्रममा फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले बताए ।

सशस्त्र प्रहरी र जनपथ प्रहरी सीतापुलको टोलीले उद्धार गर्ने क्रममा उनीहरूको शव फेला पारेको हो । शव घटनास्थलभन्दा अन्दाजी ६ सय मिटर पर खोल्सामा भेटिएको उनले बताए । शवको सनाखत भने भएको छैन ।

अहिले पनि उक्त क्षेत्रमा हिउँका साथै पानी पनि परिरहेकाले उद्धार कार्यमा कठिनाइ आएको धामीले बताए । मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन् ।

प्रकाशित : वैशाख २०, २०८० १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×