२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७
मन्त्रिपरिषद्का निर्णय

क्रिकेट खेलाडी र प्रशिक्षकलाई जनही ६ लाख, कीर्तिपुर मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने

काठमाडौँ — एसीसी प्रिमियर लिग विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य र प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने मन्त्रिपरिषद्को बुधबारको बैठकले निर्णय गरेको छ । त्यस्तै मन्त्रिपरिषद्को बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउका लागि आगामी बजेटमा प्राथमिकता दिने पनि निर्णय गरेको छ । 

क्रिकेट खेलाडी र प्रशिक्षकलाई जनही ६ लाख, कीर्तिपुर मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने

सरकारका प्रवक्ता रेखा शर्माले क्रिकेट खेलाडीले देशको मान बढाएको र त्यसको विकास भइरहेकाले सरकारले उनीहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको जानकारी दिइन् । उनले भनिन्, 'एसीसी प्रिमियर कप विजेता राष्ट्रिय क्रिकेट टिमका खेलाडी र प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने निर्णय भएको छ ।’ त्यस्तै क्रिकेट टोलीका अफिसियललाई भने जनही ३ लाख रुपैयाँका दरले दिने निर्णय मन्त्रिपरिषद्ले गरेको उनले बताइन् ।

त्यस्तै, कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आगामी बजेटमा प्राथमिकता दिने निर्णय गरिएको छ ।

नेपालले मंगलबार एसीसी प्रिमियर कप जितेको थियो । यूएईलाई पराजित गर्दै नेपालले एसीसी प्रिमियर लिग जित्दै एसिया कपका लागि छनोट भएको थियो ।

पुलिसको सम्मान

यसैबीच नेपाल प्रहरी खेलकुद समितिले राष्ट्रिय टिमबाट प्रतिनिधित्व गर्दै प्रिमियर कपलगायत विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता उत्कृष्ट प्रदर्शन गर्ने नेपाल

पुलिसका ६ क्रिकेट खेलाडीलाई सम्मान गरेको छ ।

नेपाल पुलिस क्रिकेट टिमका कप्तान दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, करण केसी र गुलसन झालाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रशंसापत्र र नगदसहित सम्मान प्रदान गरे । करण र गुलसन पुलिसमा आबद्ध छन् भने अन्य खेलाडी कर्मचारीकै रूपमा छन् ।

प्रकाशित : वैशाख २०, २०८० १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?