कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०८

फरार सांसद कोइरीको 'बिरामी बिदा'बारे अर्को अधिवेशनमा निर्णय

काठमाडौँ — फरार सांसद लक्ष्मी महत्तो कोइरीको 'बिरामी बिदा' विषयमा आगामी अधिवेशनमा निर्णय गर्ने भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकको अन्तिम दिन कोइरी बाहेकका सांसदहरुको बिरामी बिदा स्वीकृत भएको जानकारी गराए । 'सांसद लक्ष्मी कोइरीको बारेमा विभिन्न विषयहरु उठेकाले यस विषयमा आगामी अधिवेशनमा कानुनअनुसार निर्णय हुनेछ,' सभामुख घिमिरेले बैठकमा जानकारी गराएका छन् ।

फरार सांसद कोइरीको 'बिरामी बिदा'बारे अर्को अधिवेशनमा निर्णय

सभामुख घिमिरेले माओवादी सांसद वर्षमान पुन, कांग्रेस सांसदहरु चन्द्र भण्डारी, विनाकुमारी थनैत र मनोरमा शेरचनको बिरामी बिदा भने सदनले स्वीकृत गरेको जानकारी गराएका थिए ।

फरार रहेका कोइरीलाई सभामुख घिमिरेले बिरामी सूचीमा राखेपछि कांग्रेस, माओवादी केन्द्र, रास्वपालगायत दलका सांसदले विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले कांग्रेस प्रमुख सचेतक रमेश लेखकलाई समय दिएका थिए । उनले फारार सूचीमा रहेकालाई बिरामी भनेर झुटो कुरा गर्न नमिल्ने बताए । उनले संसद्ले यस्तो गलत कुराको अनुमोदन गर्न नसक्ने भन्दै आपत्ति जनाएका थिए ।

यस्तै माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका सांसद रवि लामिछाने, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीलगायतले पनि आपत्ति जनाए । लगत्तै बैठक आधा घण्टाका लागि स्थगित गरेर सहमतिका लागि विभिन्न राजनीतिक दलका पदाधिकारी छलफल भएको थियो ।

यसैगरी सभामुख घिमिरेले कार्यवहाक राष्ट्रपति रामसहायप्रसाद यादवको हिउँदे अधिवेशन अन्त्यसम्बन्धी पत्र पढेर सुनाएका थिए । मन्त्रिपरिषद्को‌ वैशाख १२ गतेको सिफारिसअनुसार कार्यवहाक राष्ट्रपति यादवले शुक्रबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका छन् ।

मंसिर ४ को निर्वाचनपछि पहिलो बैठक पुस २५ गते बसेको थियो । यसबीचमा प्रतिनिधिसभाको २८ वटा बैठक बसेका थिए ।

प्रकाशित : वैशाख १५, २०८० २२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×