कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

रघु पन्तको प्रश्‍न- 'खाल्डोमा सडक छ कि सडकमा खाल्डो ?'

काठमाडौँ — नेकपा एमालेका सांसद रघु पन्तले काठमाडौं उपत्यकामा धुलो र फोहोर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

रघु पन्तको प्रश्‍न- 'खाल्डोमा सडक छ कि सडकमा खाल्डो ?'

धुलोमैलो र फोहोरले मान्छे नचिन्ने अवस्था भएको भन्दै उनले यस्तो समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका थिए । बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पन्तले यस्तो बताएका हुन् ।

'राति घर फर्किँदा धुलोले मान्छे नचिन्ने अवस्था छ । धुलाम्मे परिस्थितिबाट उपत्यकावासीले कहिले मुक्ति पाउने ? खाल्डोमा सडक छ कि सडकमा खाल्डो पत्ता लगाउन सकिँदैन । सरकार कहाँ छ थाहा छैन,' सांसद पन्तले भनेका छन् ।

प्रकाशित : वैशाख १३, २०८० १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×